आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ ठूला उद्योगीको हितमा

सुप्रिया ढकाल २०७८ भाद्र १७, बिहिबार (२ साल अघि) ४१८ पाठक संख्या

बारा । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको दोश्रो साधारणसभा सहितको अधिवेधन नजिकिदै गर्दा ब्यवसायीहरुमा कुनै उत्साह पाईदैन । अधिवेशन असोज १६ गते हुने भएको छ । जितपुर र सिमराको उद्योग वाणिज्य संघको कार्यालय मर्ज भएपछि बनेको नया कार्यसमितिले साना ब्यवसायीहरुको हितमा कुनै काम गर्न नसकेको गुनासो गर्दै उनिहरुले साधारणसभा अथवा अधिवेशनका लागी कुनै उत्साह नभएको बताएका छन् ।

 

उल्टै संघले ठूला उद्योगी ब्यवसायीहरुलाई मात्र प्रसय दिने गरेको जितपुर क्षेत्रका ब्यापारीहरुको आरोप छ । ब्यवसायी भन्छन्, “हामी ठूलो उद्योगी तथा ब्यवसायीहरुको लापर्वाहिले पिडित हुदा पनि हाम्रो छाता संगठनले गुनासो सुनेन ।” उद्योग वाणिज्य संघ प्रती निराश बनेका सिमरा क्षेत्रका ब्यवसायीहरुले समेत अरु बेला समस्या सोध्न समेत नआउने छाता संगठनले अहिले अधिवेशनको लागी सदस्यता नविकरणका लागी पहल गर्न पनि आवश्यक नरहेको बताएका छन् । कारोना महामारी र लकडाउनका कारण पिडित ब्यवसायीको हितमा संघले कुनै काम नगरेको उनिहरुको तर्क छ ।

 

यसैबिच संघको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागी स्वतः अध्यक्ष हुने नियम सच्यायर बिधानमा सबै पदका लागी निर्वाचनको निति लागु गर्नुपर्ने ब्यवसायीहरुले माग गरेका छन् ।

 

यता नगर उद्योग वाणिज्य संघका बर्तमान कार्यसमिति अध्यक्ष सञ्जय साह संघका पदाधिकारी र ठूला ब्यवसायीहरुको बचाउमा तर्क गर्नुहुन्छ । साना ब्यवसायी उद्योगको लापर्वाहिबाट प्रताडित हुदा पनि संघ उद्योगप्रती ढल्एिको आरोपप्रती प्रतिक्रिया दिदै उहाले उद्योगीहरुको हितका लागी बनेको संगठन भएकाले सबै कुरा नियमानुसार हुनुपर्ने र साना ब्यवसायीहरुले आन्दोलन गर्न नहुने तर्क गर्नुभयो ।

 

विधान अनुरुप हुने नगर उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन विवाद रहित चुनाव सम्पन्न गर्ने तैयारी भैरहेको उहाले बताउनुभयो । सबै ब्यवसायीहरु साधारणसभाका लागी उत्साहि रहेको दाबी गर्दै उहाले झण्डै १ हजार ब्यवसायीले आफ्नो ब्यवसाय नविकरण गरीसकेको जानकारी दिनुभयो । संघ अन्तर्गत नया ब्यवसायी बाहेक २३ सय ब्यवसायी दर्ता छन् ।

 

आगामी शनिबार सम्म नविकरण अवधि तोकिएकोमा हालसम्म जम्मा १ हजार ब्यवसाय नविकरण हुनु कुनै उत्साहको बिषय नभएको तत्कालिन सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष शिव पौडेल युवराजले बताउनुभयो । संघले अधिवेशनका लागी घरदैलो गर्नुपर्ने बताउदै उहाले अन्य समयमा पनि सबै ब्यवसायीको समस्या सुन्ने र समाधानका लागी पहल गर्ने संघको जिम्मेवारी भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस