आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यसबर्ष पनि मल अभावले उत्पादन घट्ने चिन्तामा किसान

सुप्रिया ढकाल २०७८ भाद्र १९, शनिबार (२ साल अघि) ४४१ पाठक संख्या

बारा । कृषि प्रधान देश नेपालमा मल अभाव हरेक बर्ष देखीने समस्या हो । अझ भदौ महिनामा धान खेतीका लागी मलको माग अत्याधिक हुन्छ तर आपुर्ती हुन नसक्दा किसान यस बर्षपनि निराश छन् । अघिल्लो बर्षको तुलनामा यस बर्ष समयमै पानि परिरहेका कारण उत्पादन बढ्नेमा आशाबादि देखीएका तराईका धान उत्पादक किसानलाई समयमै मल नपाउदा चिन्ताले सताएको छ ।

 

औराहाका किसान लाल चौधरी भन्नुहुन्छ, “धान रोप्ने बेला देखी गोड्ने बेला र अहिले मल हाल्ने समयमा पनि पानि त परिरहेको छ, यो बर्ष प्रकृतीले कृपा ग¥यो तर सरकारले हेरेन ।” उहा मलकै अभावका कारण उत्पादन घट्ने चिन्ता लिनुहुन्छ । भदौ तेश्रो साता मल हाल्ने समय हुन्छ तर बजारमा मागको आधा पनि मल उपलब्ध छैन ।

 

यसवर्ष मात्र होईन, राज्य गम्भिर नबन्दा किसानलाई वर्षेनी मलको हाहाकार हुने गरेको छ । अघिल्ला बर्षहरुमा बाराका किसानले महँगो मुल्य तिरी भारतबाट अबैध रुपले भित्रिएको मल खरिद गरेर छर्दै आएका किसान यस बर्ष भने त्यो पनि नपाएको गुनासो गर्छन् । सरकारले उपलब्ध गराउन नसक्दा तर महामारीका कारण सिमा मा सहजता नहुँदा अहिले त्यसरी समेत मल पाउन समस्या भएको अर्का किसान शिव कुमार कार्कीको गुनासो छ । बाराको मनहर्वास्थित सानाकिसान कृषि सहकारी संस्थामा मल गोदाम खाली छ ।

 

कृषी सामाग्री कम्पनी लिमिटेडले मल उपलब्ध गराउन नसक्दा किसानहरु खालि हात फर्किन बाध्य भएको संस्थाका प्रबन्धक पुष्पराज खतिवडाले बताउनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयको पछिल्लो कृषी गणना अनुसार नेपालमा ३८ लाख घरपरिवार पूर्ण रुपमा कृषिमा निर्भर छन् । यती धेरै नागरिक निर्भर रहेको कृषी पेशाप्रती सरकार सधैँ अनुदार बन्नेगरेको जीतपुरसिमरा १६ का कृषक गोपीकृष्ण खतिवडा गुनासो गर्नुहुन्छ । झण्डै ६२ हजार ६ सय हेकटर क्षेत्रफलमा धान खेती गर्दै आएका किसानले वर्षेनी प्रति हेक्टर ४.२६ मेट्रीक टन धान उत्पादन गर्दै आएका छन् । तर समयमा मल उपलब्ध नहुँदा यसवर्ष भने उत्पादन घट्ने चिन्ता किसानलाई छ ।

 

यता युवा नेता उमेश कुश्वाहाले किसानहरुको धान बालीको लागी तत्काल रासायनिक मलको ब्यवस्था गर्नु राज्यको दायित्व भएकाले बेलैमा गम्भिर हुन ध्यानाकर्षण गराउनुभएको छ । देशको मेरुदण्डको रुपमा रहेका किसानहरुको पसिनालाई सरकारले अवमुल्यन गरिरहेको उहाको तर्क छ । सरकारको निति कृषि तथा किसान मैत्री नहुदा बर्षेनि अर्बौ रुपैयाको खाद्यान्न अयात गर्नुपरिरहेको बताउदै उहाले, राज्यपक्षले किसानको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । कहिले उखुको नाममा त कहिले रासायनिक मलको नाममा सोझा किसानलाई सताउने काम बन्द गर्न कुश्वाहाले सरकारसंग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस