आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एपीखबरको बार्षिकउत्सवको अवसरमा जितपुरमा रक्तदान कार्यक्रम, ५१ जनाद्धारा रगतदान

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ७१३ पाठक संख्या

बारा । बाराको जीतपुरमा आयोजीत रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् । स्वाती मिडिया प्रा.ली.को आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

स्वाती मिडियाद्धारा संचालित एपी खबर डटकमको वार्षिक उत्सव र प्रा.लीका अध्यक्ष अनिल तिवारीको जन्म दिन पारेर यस कार्यक्रमको आयोजना गरीएको हो ।


कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । पहिलो रक्तदाता स्थानिय ब्यवसायी एवम नेपाल बिहार रेडियो स्रोता संघका जीतेन्द्र साह सोनार (समर्पण) लाई रगत डोनेट गर्ने पोका हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि मनोज गुप्ता, शिवजी साह सोनार, युवा संघ नेपालका मनोज साह, अफताब आलम सोहन शर्मा, सावित्री पिपले, मनिर अंसारी लगाएको उपस्थिती रहेको थियो ।


भने कार्यक्रममा नया गोरेटो पुर्नस्थापना केन्द्र पथलैया, ईलाका प्रहरी कार्यालय जीतपुर मञ्जु पहाडी, मुकेश महतो, ईलाका टाफिक कार्यालय जीतपुर, नेपाल बिहार रेडियो स्रोता संघका फुलसरिफ ंअंसारी लगाएतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस