आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारीतन्त्र हावी भएको सानाकिसान कृषि सहकारी संस्थाको आन्तरीक किचलो छताछुल्ल

सुप्रिया ढकाल २०७८ भाद्र ३०, बुधबार (२ साल अघि) ४२३ पाठक संख्या

बारा । देशकै उत्कृष्ट सहकारीको रुपमा पुस्कार समेत पाउन सफल बाराको साना किसान कृषि सहकारि संस्था डुमरवाना भित्रको बिबाद छताछुल्ल भएको छ ।

 

सहकारीको सञ्चालक समिति र कर्मचारी बिचको लामो समयदेखीको द्धन्द सञ्चालक समितिले पत्रकार सम्मेलन गरेर बाहिर ल्याएको हो । सहकारीको प्रशासनिक देखी आर्थीक तथा ब्यवस्थापकिय निर्णयहरुमा कर्मचारीतन्त्र मात्रै हावी हुदा सुरु भएको बिवाद समाधानका लागी धेरै प्रयास गर्दा पनि नसकेपछि बहुमतमा रहेको सञ्चालक समितिले कर्मचारीहरुको मनोमानी पत्रकार सम्मेलनमार्फत आफ्ना शेयर सदस्यहरुलाई स्पष्ट पारेको हो ।

 

ंसंस्थाको विधान भन्दा माथी रहेर संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले दम्भगत निर्णय गरेको बहुमत सञ्चालक समितिले आरोप लगाएका छन् । क्षेत्रीले मपाईंत्व प्रदर्शन गर्दै संचालक समितिको निर्णयविना दुई जना महिला कर्मचारीलाई नियतवश असहज हुनेगरी सरुवा गरेको विषय भर्खरैको हो । प्रबन्धक क्षेत्रीकै इशारामा चल्ने गरेका अध्यक्षले यसबारे स्पष्ट हुन खोज्दा आनाकानी गरे पछी दुई पटक सम्म बसेको बैठकमा सहमती जुटेन ।

 

संस्थागत विषयलाई मिलाउन ति दुवै बैठकमा भरमग्दुर प्रयास गरीएको भए पनि अध्यक्षले माइन्युट नल्याएको तथा विना निष्कर्ष बैठकबाट हिंडेको र मुख्य प्रबन्धकले पनि आफ्नो निर्णय सच्याउनुको सट्टा लाद्न खोजे पछी दिनभरको बैठक अर्थ हिन बनेको पत्रकार सम्मेलनमा बहुमत संचालक समितिका प्रदिप सिंह बरालले बताउनुभयो । प्रवन्धकका रुपमा वर्षौंदेखि कार्यरत महिलाहरुलाई ७÷८ महिनाको गर्भावस्थाको ख्यालै नगरी साविक घरपायक भन्दा टाढाटाढा सरुवा गर्नु त्यो पनि संचालकको निर्णय विना यो सब संस्थाको हित विपरीत भएको बरालको तर्क छ ।

 

क्षेत्रीले केहिदिन पहिले संस्थाका शाखा प्रबन्धकहरु ६ जनाको सरुवा गर्दा गर्भवती महिला कर्मचारी लाई सिमरा निजगढ सरुवा गरेका थिए । क्षेत्रीले उनीहरुले सरुवाको पत्र नबुझेको भन्दै हुँदै नभएको दफा उल्लेख गरेर स्पष्टिकरण समेत सोधेका थिए । ९ जनाको बहुमत संचालक समितिले सोही सरुवा वदर गर्न तथा स्पष्टिकरण सोधीएकोमा त्यो फीर्ता लिन माग गरेका छन् ।

 

मुख्य प्रबन्धक क्षेत्रीले चाहे अनुसार अध्यक्ष विश्वनाथ लामीछाने चल्ने गरेको र यसैको दुष्परीणाम स्वरुप संस्था विनाशको बाटोमा लागेको उनीहरुको ठम्याइ छ । विषयगत विषेशज्ञको कमी भएकोले संस्थाले बैंङ्कसँग ८ प्रतिशत ब्याजदरमा लिएको ३९ करोड ऋण नतिरेर सोही बैङ्कमा ४ प्रतिशत ब्याजदरमा बचतका रुपमा राखेर संस्थालाई घाटाको बाटोमा लगेको पनि पत्रकार सम्मेलनमा सञ्चालकहरुले आरोप लगाएका छन् । नियमसंगत रुपमा कंम्पनि खरिद गर्न नमिल्ने भएपनि त्यसैका लागि पटकपटक किचलो गर्ने र संचालकले नमानेको झोकमा अनावस्यक बखेडा गरेर संचालक संचालक विच नै द्धन्द गराउने कार्यमा क्षेत्रीले कुनै कसर बाँकी नराखेको उनीहरुको आरोप छ ।

 

उनीहरुका अनुसार वाषर््ीक दुई अर्वको ऋणको कारोबार गर्ने संस्थाका मुख्य प्रबन्धकले ऋण पास फारममा हस्ताक्षर समेत नगरी ऋण परीचालन गर्ने गरेको तथा यस बारे सचेत गराउँदा नियम विपरीत स्वयंले यो अधीकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरेको जवाफ दिने गरेका छन् । मुख्य संस्था प्रबन्धकका रुपमा सहकारीमा कार्यरत क्षेत्रीले आफुलाई सिइओका रुपमा स्व घोषण गरेको प्रती पनि संचालक समिति रुष्ट बनेको छ ।

 

९ जनाको बहुमत संचालक समितिले क्षेत्रीका यस्ता दम्भगत निर्णय सुध्रिनुपर्ने, कर्मचारीको स्वविवेकीय निर्णय लागु गर्न मिल्ने गरी बनाइएका नियम परीमार्जन गर्नुपर्ने, मानविय सम्वेदना विपरीत गरीएका कर्मचारी सरुवाको निर्णय वदर हुनुपर्ने र नेपाली विषयमा उच्च शिक्षा हासील गरेका व्यक्तीको मात्र भर नगरी विषयगत विषेशज्ञलाई नियुक्त गर्नुपर्ने लगायतका माग पत्रकार सम्मेलन मार्फत राखेका छन् ।

बहुमत संचालकका तर्फबाट पत्रकार सम्मेलनको अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष सिता कुमारी मैनालिले मुख्य प्रबन्धक क्षेत्री समितिको सुझाब नमानि एकलौटि ढंगले अघी बढेको तथा नौ हजार तिन सय शेयर सदस्य मध्ये आठ हजार तिन सय महिला शेयर सदस्य भएको संस्थाका मुख्य प्रबन्धकले महिलालाई गाउँले र गवाँरको संज्ञा दिएर हेपाहा व्वयवहार गर्ने गरेको आरोप लगाइरहँदा संस्थाका अर्का संचालक सिताराम लामिछाने र लेखा समिति संयोजक मुक्ति केसिले भने प्रबन्धक क्षत्रीको बचाउ गरेका थिए ।

 

पत्रकार सम्मेलनमा वडा नं १४ का वडाध्यक्ष रामशरण वर्तौला, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १५ वडा सदस्यहरू मनमाया घले, सुमित्रा नेपाली, माओवादी पार्टी प्रतिनिधि राजेन्द्रप्रसाद भट्टराई, टंक आचार्य, नेपाली काँग्रेसका चन्द्रेश्वर शर्मा, जसपाका रुपलाल चौधरी, एकीकृत समाजवादीका हरिप्रसाद जमरकटेल, समाजसेवी किशोर शर्मा, नारायण भट्टराई, भोजराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस