आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छोराको जन्मदिनको अवसरमा सञ्चारकर्मी तिवारीले गरे शैक्षिक सामाग्री वितरण

सुप्रिया ढकाल २०७८ भाद्र ३०, बुधबार (२ साल अघि) ५८० पाठक संख्या

बारा । जन्मदिन खुसीको दिन भएकाले यस दिन आफु रमाउने मात्र नभई अरुलाई खुसी दिने दिनको रुपमा मनाउनुपर्ने सन्देश दिदै बाराका सञ्चारकर्मी अनिल तिवारीले आफ्नो छोराको जन्मोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

 

एपी खबर डट कमका सञ्चालक तथा रेडियो समर्पण ९८.२ मेगाहर्ज सिमराका प्रबन्ध निर्देशक तिवारीले आफ्नो छोरा २ बर्ष पुरा भएको अवसरमा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित श्री दलित मुक्ति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

 

उहाले छोरा रामअनुजको हातबाट कक्षा ५ सम्मका विद्यार्थीहरूलाई कपि, पेन्सिल, कटर, ईरेजर, पेन लगायतको सामाग्री वितरण गर्नुभएको हो । जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आउनुभएका तिवारीले यहि भाद्र २७ गते परेको आफ्नो जन्मदिनको अवसरमा जीतपुरमा रक्तदान कार्यक्रमको पनि आयोजना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस