आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आन्दोलनका कारण तनावग्रस्त सिमौनगढमा नगरका सबै काम ठप्प, सेवाग्राहि मर्कामा

सुप्रिया ढकाल २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि) ४२५ पाठक संख्या

बारा । बाराको सिम्रौनगढमा समयमै उपचार नपाएर मृत्युवरण गरेका बालकको शव बोकेर स्थानिय तथा आफन्त आन्दोलनरत छन् ।

आन्दोलनकाबिच नगरपालीकाका कर्मचारीहरुमार्थी कुटपिट भएको भन्दै दोषि उपर कार्वाहिको माग गर्दै कर्मचारीहरुले समेत काम ठप्प पारेका छन् । ४ दिनदेखी जारी स्थानिय तथा कर्मचारीहरुको आन्दोलनका कारण सिमौनगढ नगरपालीका तथा नगर अस्पतालका सम्पूर्ण कामकाज ठप्प भएको छ ।

जसका कारण सेवाग्राहि मर्कामा परेका छन् । दुबै कार्यालयहरुबाट सामान्य काम पनि नहुदा स्थानियले समस्या समाधानका लागी प्रशासनलाई आग्रह गरेका छन् । दुबै पक्षराखेर छानविन समिति बनाई कर्मचारी र स्थानिय दुबैको आन्दोलन स्थगित गर्नुपर्ने राजनैतिक दलहरुको भनाई छ ।

सिमौनगढ नगरपालीका २ मैवाहिका सुमेद साहको १६ महिने छोरालाई आईतबार राती घरमै सुतिरहेको अवस्थामा सर्पले टेकोको थियो । लगतै नगर अस्पताल पु¥याउदा अस्पतालका कर्मचारीहरुले चिकित्सक र औषधि दुबै नभएको बताउदै भर्ना लिन नमानेपछि ति बालकको मृत्यु भएको हो ।

 

उता अस्पताल प्रशासनले भने बालकको अवस्था नाजुक रहेकाले अन्यत्रै रिफार गरेको र लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईरहेको छ ।

४ दिन अघि मृत्यु भएका ति बालकको शवबाट दुर्गन्ध आउन थालिसकेको छ । यद्धपी स्थानियले दोषि अस्पतालका कर्मचारीलाई कार्वाहि तथा मृतक बालकको परिवारलाई क्षतीपुर्तीको माग गर्दै बुधबार दिनभरी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस