आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फ्रेन्च लिग वानमा साविक विजेता पिएसजी रिम्ससँग २-० गोलले पराजित

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ३३१ पाठक संख्या

असोज , ९ : फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।गए राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २–० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे ।

घरेलु टिमविरुद्ध खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २–० को जित दिलाए । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि पीएसजीले गोल गर्न सकेनन् ।पीएसजीको पटक पटकको आक्रमणमा रिम्सका किपर बाधक बने । योसँगै पीएसजी १६ महिनापछि घरेलु मैदानमा पराजित भएको छ । पीएसजी पछिल्लो पटक घरेलु मैदानमा सन् २०१८ को मे मा पराजित भएको थियो ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

प्रतिक्रिया दिनुहोस