आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कभर्ड हल अभावमा स–साना बालबालीका असुरक्षित

सुप्रिया ढकाल २०७८ भाद्र ९, बुधबार (२ साल अघि) ४८९ पाठक संख्या

बारा । राष्ट्रको लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ देशैभर बिभिन्न कार्यक्रमहरु हुन्छन््, करोडौको खर्च हुन्छ, औपचारीक कार्यक्रम र देखावटि सुन्दरतामा खर्च हुने रकम दक्ष खेलाडिको उत्पादन बढाउन लगानी गर्नुपर्ने खेलप्रेमीहरुको माग छ । यद्धपी यहि देखासिकिलाई मात्र अंगालीरहेको बारा जिल्लाको अवस्था पनि खेलको मामिलामा उत्तिकै कमजोर छ । खेलकुदका नाममा आउने बजेट ठूला खेल टुर्नामेन्ट आयोजनामा खर्च हुन्छन्, जसको उपलब्धि भनेको मात्र केहि समयको चर्चा हुन्छ । न त दक्ष खेलाडि उत्पादन हुन्छन्, न त खेल क्षेत्रमा कुनै खेलाडिले हौसला पाउछन् ।

 

यस्तैमा जितपुरसिमराका केहि खेलप्रेमीहरुले आफ्नो समय र उर्जा लगानि गरेर सिमरा रंगशालामा ७५ जना खेलाडिहरुलाई न्युनतम् शुल्कमा कराते सिकाईरहेका छन् । नेपाल सितोरियो कराते संघका सिमरा मुख्य प्रशिक्षक सानु पटेलको नेतृत्वमा ४ जना प्रशिक्षक र ७५ जना प्रशिक्षार्थी दैनिक सिमरा रंगशालाको एक कुनामा जम्मा भएर कराते खेलको अभ्यास गर्ने गरेका छन् । आफ्नो ठाउ तथा देशको पहिचानसंगै आत्मसुरक्षाका लागी अति महत्वपूर्ण यस खेललाई अन्य खेल सरह प्राथमिकता दिने गरेको पाईदैन ।

 

जितपुरसिमरा उपमहानगरपालीकाले समेत खेलकुदका लागी बिनियोजन गर्ने बजेट फुटबल, क्रिकेट जस्ता खेललाई जाने गरेको छ । यसरी ईनडोर खेललाई बेवास्ता गर्नुले असहजताका बाबजुद मिहेनत गरीरहेका खेलाडिहरुको मनोबल गिराउने उहाको भनाई छ । सिमरा रंगशालामा कभर्ड हल निर्माणका लागी छुट्याईएको बजेट समेत उपमहानगरले सडक स्तरोन्नतीमा रकमान्तर गरेको पटेलले गुनासो गर्नुभयो । कभर्ड हल भित्र खेलाउनुपर्ने खेल खुला रंगशालामा झाडिहरुका बिच खेलाउनु पर्दा निकै असहज हुने गरेको खेलाडिहरुको भनाई छ ।

कभर्ड हल निर्माणका लागी छु्ट्याईएको क्षेत्र

म्याटमा खेल्नुपर्ने खेल समथर जमिन समेत नहुदा खेलाडिहरुको शारिरिक सन्तुलन नमिल्ने हुन्छ । त्यतीमात्र होईन स–साना ५ बर्ष उमेर देखीका बालबालीकाहरुका लागी झाडियुक्त चौर कुनैपनि हिसाबले सुरक्षित छैन । न त ब्यवस्थित शौचालय छ, न खानेपानी । निर्माणधिन शौचालयले समेत पूर्णता नपाउदा महिला खेलाडिहरु बिषेशतः पिडित छन् । रंगशालामा कभर्ड हल निर्माण गर्नका लागी जितपुरसिमरा उपमहानगरको बजेटबाट २०७४ सालमा २५ लाख रुपैया बिनियोजन भएको थियो । त्यस रकमले हल बनाउने क्षेत्रमा पर्खाल लगाउने काम भयो । तर थप बजेट नआउदा कभर्ड हलले पूर्णता नपाएको नव जन जागृती युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताउनुभयो ।

 

रंगशाला वरिपरि धमाधम निर्माण भैरहेको प्याराफिटका लागी २०७७ सालमा युवा तथा खेलकुद मन्त्रालय अन्र्गत राष्ट्रिय खेलकुद परिषद राखेपको माध्यमबाट २ करोड बजेट प्राप्त भएको थियो । जसमा बेलपत्र आह्वान गर्दा १ करोड ७० लाखको टेण्डर दिएर रहेको बिलो रकमबाट शौचालय तथा क्यान्टिन भवनको सुरुवात गरीएको छ । जुन शौचालय र क्यान्टिन भवनले पूर्णता पाउन सकेको छैन । रंगशालाको स्तरोन्नती स्वरुप उपमहानगर र क्लबको संयुक्त लगानीमा फरलाईट समेत जडान गरीएको छ । कोरोना माहामारिका बिच यहि बैशाखमा सम्पन्न ११ औं जितपुरसिमरा गोल्डकप रातीको समयमा खेलाईएको हुदा फरलाईट समेत जडान गरीएको हो ।

 

रंगशालाको स्तरोन्नतीका लागी स्थानिय देखी केन्द्रिय बजेट ल्याउन प्रयासरत रहेको नव जन जागृती युवा क्लबका अनुसार खेलकुदको बिकाशमा स्थानिय तहको भुमिका नै महत्वपूर्ण हुन्छ । यद्धपी अन्य स्थानिय तहको तुलनामा जितपुरसिमरा उपमहानगरमा नगर खेलकुद बिकाश समिति समेत गठन हुन नसक्नु दुखद भएको क्लबको महासचिव ठकुरीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस