आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विरगञ्ज युनाईटेडले उचाल्यो तेस्रो डुमरवाना गोल्डकपको उपाधी

एपी खबर २०८० चैत्र २३, शुक्रबार (३ हप्ता अघि) १९५ पाठक संख्या

बारा : विरगञ्ज युनाईटेड विरगञ्जले तेस्रो डुमरवाना गोल्डकप २०८० को उपाधी उचालेको छ । चारपाते खेल मैदानमा आज भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विरगञ्जले उपाधी उचालेको हो । विरगञ्जको जितमा अभिषेक चौधरीे निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा भरतपुरले अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन् । बिजेता विरगञ्ज युनाईटेडले नगद १ लाख ५० हजार रुपैया प्राप्त गरेको छ ।

 

प्रतियोगिताको उप बिजेता भरतपुरले भने ७५ हजार रुपैया प्राप्त गर्यो । बिजेता टिम विरगञ्ज युनाईटेडलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत विरगञ्ज युनाईटेडका बिपिन तुम्सिङ मगर म्यान अफ द सिरिज घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक विरगञ्जका दिलमनी चौधरी, सर्वाधिक गोलकर्ता विरञ्जका युवराज खड्का र म्यान अफ द म्याच विरञ्जका अभिषेक चौधरी घोषित भए । यसअघि समापन समारोहको संघिय सरकारकी कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा नगर प्रमुख राजन पौडेल, वडा नम्बर १२ का वडा अध्यक्ष श्यामबाबु खाः थारु, १३ का अध्यक्ष हेम नारायण चौधरी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दहाल, १५ का कार्यबहाक अध्यक्ष मोहन लिम्बु लगायतको उपस्थिति रहेको थियो । जनमुखी युवा चारपाते क्लबका अध्यक्ष हेम नारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गरेका थिए । कार्यक्रममा क्लबका जितु राउतले स्वागत मन्तब्य व्यक्त गरेका थिए । चैत्र १७ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस