चैत २२ हावाहुरी प्रभावित क्षेत्रका १२ बालबालिका आजबाट पुनः संचालीत एसईई परिक्षामा सहभागी भएका छन् । प्रभावित क्षेत्रको फेटा र प्रसौनी गाउँपालिकाबाट ३ छात्रासहित १२ जनालाई सहज रुपमा परिक्षामा सहभागि भएका हुन् । उनीहरुलाई सहज बातावरणमा परिक्षामा सहभागि गराउने ब्यवस्था मिलाईएको जिल्ला शिक्षा समन्वय कार्यालय बाराका अधिकृत अशोक रौनीयारले जानकारी दिए ।
ती परिक्षार्थीहरुलाई परिक्षामा सहभागि हुने, बस्ने खाने सबै प्रबन्धक मिलाईएकाले कुनै समस्या नरहेको रौनियारको भनाई छ । कतीपयको बस्ने घर पूर्ण रुपमा ध्वस्त भएको अवस्था छ भने कतीपयको घरमा सामान्य क्षती पुगेको अवस्था छ ।
तर पनी विद्युत अवरुद्ध भएका कारण आँधीको प्रभाव रहे नरहेका कतीपय क्षेत्रहरुका परिक्षार्थीहरुलाई समेत परिक्षाको तयारीमा समस्या छ ।
प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । आज बिहान ८ बजेदेखि सुरु भएको विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ । चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।
परिक्षामा बारामा जिल्लाका ७ हजार ९ सय १५ परिक्षार्थी सामेल हुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस