आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वलीलाई थुनामा राख्न बाटो खुला

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २७८ पाठक संख्या

चैत्र २७  सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी विप्लवका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न बाटो खुला गरिदिएको छ । गैरकानुनी रुपमा थुनामा राखेको भन्दै वलीकी छोरी विपनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले रिट खारेज गरेको हो । नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।

बुधबार सर्वोच्चले रिट खारेज गरेपछि सरकारले वलीलाई थुनामा नै राखेर घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस