आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खाता खोले सय रुपैयाँ

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ४०९ पाठक संख्या

चैत्र २८  नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तिय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारले सबै नेपालीको बैंक खाता कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाले प्रतिखाता सय रुपैयाँ खर्च गर्न लागेका हुन् ।

यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तिय संस्थालाई पनि दिइसकेको छ । बैंकहरुले छाता संगठन नेपाल बैंकर्स संघले बुधबार हरेक नयाँ खातामा सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ ।

यो कार्यक्रम ०७६ साल बैशाख १ गते देखि लागू हुनेछ । उक्त वर्षभरी खुल्ने प्राकृतिक व्यक्ति (व्यक्तिगत) खातामा बैंक तथा वित्तिय संस्थाले सय रुपैयाँ हालिदिन लागेका हुन् । उक्त रकम बैंक तथा वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व मा गणना गर्न पाउनेछन् । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस