आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) २९७ पाठक संख्या

बैशाख १९ राजविराज ।सप्तरीको राजविराजमा निर्माणाधीन सपिङ कम्प्लेक्सका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

गम्भिर घाइते भएका सुनसरीको भोक्राहा गाउँपालिका–८ शिवगढका २२ वर्षीय असद अंसारी उपचारको क्रममा मृत्यु भएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

अंसारी छ महिनादेखि उक्त कम्प्लेक्समा मजदुरका रुपमा काम गर्दै आएका थिए । ३ सय ८ कोठे कम्प्लेक्स निर्माण कार्य अंसारीको मृत्युपछि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस