आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अज्ञात रोगका कारण दुई महिलाको मृत्यु, दर्जनौं बिरामीको

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) २५८ पाठक संख्या

बैशाख १९ बाजुरा, बाजुराको हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको बुधबार दिउँसो ज्यान गएको कुरा हिमाली गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज धर्मबहादुर बुढाले बताए ।

त्यसैगरी त्यसै गाउँपालिका नदापाटाकी ७५ वर्षीया हैकला भण्डारीको सोमबार दिउँसो ज्यान गएको रुगिनका स्थानीय बासिन्दा छप्की बुढथापाले जानकारी दिए । क्युडीमा सामान्य रुघाखोकीको प्रकोप देखिएकोले अहेब धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थयकर्मीको टोली पठाइसकेको रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्लले बताएकी छन् ।

प्राप्तजानकारी अनुसार सोही गाउँमा एक साता देखि फैलिएको रोगबाट दर्जनौ मानिस बिरामी परेका बताइएको छ । स्थानीय वासिन्दाका अनुसार सामन्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाखमुखबाट रगत निकाल्ने जस्ता लक्षण देखापरेका छन् ।

प्रतिक्रिया दिनुहोस