आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइसीसी टी-२० वरियतामा नेपाल ११ औं स्थानमा

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ४८८ पाठक संख्या

बैशाख २०  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको हो ।

यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ । टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौंमा भारत छ । त्यसैगरि स्कटल्यान्ड १२, जिम्बाबे १३ ,आयरल्यान्ड १५ र यूएई १६ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस