आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुर प्रहरीको आफ्नै सुविधासम्पन्न भवन

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (५ साल अघि) ३३० पाठक संख्या

जेठ ०२
जनकपुर– जिल्ला प्रहरी कार्यालय धनुषाले सुविधासम्पन्न भवन प्रयोगमा ल्याउने भएको छ । नव निर्मित व्यारेक भवनको उद्घाटन भएसँगै प्रहरीले आफ्नै भवन प्रयोग गर्न पाउने भएको हो ।

१ विघा ५ कठा १५ धुर जग्गामा ४ करोड ६५ लाख १८ हजार २ सय ५३ रुपैयाँ मा बनेको भवनको बिहीबार प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरीबहादुर पालले उद्घाटन गरेका हुन् ।

तीन तलाको उक्त भवनमा महिला प्रहरीका लागि छुट्टै शौचालय, बेडरूम सहित आवासको व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख पालले नयाँ भवनको उद्घाटन गर्दै नयाँ भवनसँगै नयाँ सोचका साथ प्रहरी कर्मचारीले काम गर्नेमा आफु विस्वस्त रहेको बताए ।

यसअघि व्यारेक अभावमा जिल्ला प्रहरी कार्यलयका प्रहरीहरु महेन्द्र नारायण निधि प्रतिष्ठानमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस