आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुर्खेतमा प्रहरीले भेट्यो ठूलो परिमाणमा विष्फोटक पदार्थ

AuthorAP Khabar२०७६ अषाढ २३, सोमबार (४ साल अघि) २३५ पाठक संख्या

असार २३

सुर्खेत,
विप्लव समूहको गतिविधि निगरानीका लागि गस्तीमा गएको प्रहरीले सुर्खेतमा ठूलो परिणाममा विष्फाटक पदार्थ फेला पारेको छ । आइतबार चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा विष्फोटक पदार्थ फेला पारेको हो ।

बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जनयुद्दका क्रममा तत्कालिन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस