आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले एक्जाभेटरसहित चालक पुरियो

AuthorAP Khabar२०७६ श्रावण १७, शुक्रबार (४ साल अघि) २९९ पाठक संख्या

श्रावन १७ गोर्खा

गोरखा सिरानचोक गाउँपालिका–१ केराबारीमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले एक्जाभेटरसहित चालकलाई पुरेको छ ।

सडकबाट करिब ४० मिटर तल खसेको एक्जाभेटर र चालक च्यापिएको अवस्थामा हात मात्र देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोमा पुरिएका चालक सिन्धुपाल्चोका–१३ मेलम्चीका २० वर्र्षीय रमेश तामाङ रहेको एसपी ओम अधिकारीले बताए । प्रहरी घटनास्थलमा पुगेपनि उद्धारमा कठिनाइ भएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस