आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किर्ते गरेर करोडौँ रकम निकासा गरेको आरोपमा एकजना पक्राउ

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) २५३ पाठक संख्या

असोज , १३ : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट आरोपित प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी बिभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकाल्ने ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।परिषद्मा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय ठाकुरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक शेखर खनालले पुष्टि गरे ।

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार गरी जम्मा १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ विभिन्न बैंकबाट कर्ते गरी निकालेको प्रहरी उपरिक्षक खनालले बताए ।परिषद् कार्यालयका पदाधिकारीहरुले जिप्रका धनुषामा गत साउन १४ गते लिखित जाहेरी दिएपछि ठाकुरमाथि प्रहरीले चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस