आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरा विरुद्ध धनगढीको सहज जित

AuthorAP Khabar२०७६ पौष ७, सोमबार (४ साल अघि) ३२१ पाठक संख्या

पौष ०७ पोखरा

पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टीम पोखरा पल्टन विरुद्ध एक्स्पर्ट धनगढीले सहज जित निकालेको छ ।

टस जितेर ब्याटिङ रोजेको पोखराले धनगढीलाई ८० रनको चुनौती दिएको थियो । साविक च्याम्पियन पोखरा १६.३ ओभरमै अलआउट हुँदै दिएको चुनौती धनगढीले ९.१ ओभरमै भेटायो ।

पोखराले धनगढीको पाँच विकेट लिए पनि हार टार्न भने सकेन । धनगढीका लागि रोड्रिगो थोमसले १५, दीपक पुनिया २५, कप्तान दीपेन्द्रसिं ऐरीले १३, शुभेन्दु पाण्डे ११, मञ्जित श्रेष्ठ ९, अमित यादव ६ र सन्दीप जोराले दुई रन लिए ।

पोखराका लागि भने आसिफ शेखले बनाएको ३२ रन नै पोखराका लागि सर्वाधिक स्कोर बन्यो । अनुभवी खेलाडी विनोद भण्डारी १२ रनमा बोल्ड भए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

कप्तान शरद भेषवाकर ४ रनमा आउट भए । रवि इन्दर सिंह र रोहितकुमार पौडेलजस्ता आशा गरिएकै ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन् ।धनगढीका लागि भने अनिल खरेलले तीन विकेट लिए । दीपक पुनियाँ, कमलसिंह ऐरी र सागर ढकालले समान दुई–दुई विकेट लिएका थिए ।

जितसँगै, धनगढीले पाँच खेलबाट चार अंक जोडे पनि सेमिफाइनलका लागि स्थान बनाउन सकेन

प्रतिक्रिया दिनुहोस