गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।
‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा बैठकमा छलफल भयो, अब घरबेटीमार्फत भाडामा बस्नेहरुको विवरण राख्नेतर्फ तयारी अघि बढाउन भनिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने । राजधानी दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस