महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ । जस अन्तर्गत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ । त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालयतर्फ १४४ जनाको माग गरेको हो ।
इच्छुकले प्रदेश १ को विराटनगर, २ को जनकपुर, सप्तरी बागमतीको सिन्धुली, गण्डकी प्रदेशको पोखरा, ५ को वुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदूर पश्चिमको दिपायल, महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस