आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

८४ औं महाशिरात्रिको अवसरमा जीतपुरमा आध्यात्मिक प्रवचन एवं सांस्कृतिक कार्यक्रमको आयोजना

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) २२५ पाठक संख्या

एपी खबर
जीतपुर : ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरले ८४ औं महाशिरात्रि पर्वको पावन अवसरमा आध्यात्मिक प्रवचन एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

यस बसुन्धरामा पुनः स्वर्णिम युगको उदयको लागि निराकार परमात्मा शिवको दिव्य अवतरण भएको ८४ औं वर्षमा प्रवेश गरेको शिव परमात्माको दिव्य जन्मोत्सव महाशिवरात्रिको पावन अवसरमा परमात्म–अनुभूति शान्ति पदयात्रा एवं महाशिवरात्रि–स्वर्णिम युग उदयको पर्व विषयक आध्यात्मिक प्रवचन एवं सांस्कृतिक कार्यक्रम कायोजना गरेको हो ।

वीरगन्ज क्षेत्रकी क्षेत्रीय सञ्चालिका रविना दिदीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शोभा लामाको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सभा सदस्य राजेश्वर साहको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, स्थानिय समाजसेवि देवनारायण चौधरी, राजुराज गिरी, अफताब आलम, देवि सापकोटा, नेजारुल होदा अंसारी, इस्लामी लाइब्रेरी का बारा जिल्ला अध्यक्ष जिकुरलाह अंसारी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

यस केन्द्रले सोमबार बिहान जीतपुर नगरभरी शान्ति पदयात्रा समेत निकालेको यस कार्यक्रममा सञ्जय श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा रेणु बहानजलिे शुभकामना मन्तब्य राख्नुभएका श्रवणकुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस