चैत १५ काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ ।
बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।
उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनलाई नमुना संकलनपछि अस्पतालमा बस्न भनिएको थियो । तर, उनी घरमै बसेको बताएको छ ।
कोरानाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस