आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाध्यो, स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र २२, शनिबार (४ साल अघि) ३७२ पाठक संख्या

चैत २२ काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४४ पुगेको छ ।

स्पेनमा एक लाख २४ हजार ७३६ जना संक्रमित भएका छन् । इटालीमा एक लाख १९ हजार ८२७ संक्रमित पुष्टि भएको छ ।

त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार १४६ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३० हजार ५७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस