आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३३९०

AuthorAP Khabar२०७७ बैशाख २६, शुक्रबार (४ साल अघि) ३८० पाठक संख्या

भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस