काठमाडौं , पौष २४ : उत्तर कोरियाली नेता किम जङ अन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा चीन भ्रमण गनुहुने भएको छ । किम जङ अनले चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण शुरु गर्नुभएको छ ।
उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो। किम जनवरी ७ देखि १० सम्म पत्नी रि सोल जुसँग चीनमा हुने समाचार एजेन्सी केसीएनएले जनाएको छ।
किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेका बेला किम चिनियाँ भ्रमणमा निस्कनुभएको हो ।
आफ्नो बख्तरबन्द रेलमा अन्य उत्तर कोरियाली नेताहरूसँग चिनियाँ भ्रमणमा गएका उत्तर कोरियाली नेता किमको यो एक वर्षभन्दा कम समयभित्रको चौथो भ्रमण हो। यसअघि उत्तर कोरियाको नेतृत्व गरेको ६ वर्षमा किमले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई कहिल्यै भेट्नुभएको थिएन् ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस