आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नारायणी रायमाझीले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई समर्थन गर्ने

एपी खबर २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि) २३९ पाठक संख्या

सिमरा– पार्टीको हित बिपरित गएर बारा जिल्ला क्षेत्र नम्बर ४ (१) बाट  उम्मेदवारि  दिएकी नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी (निरु)ले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएकी छिन्।

शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रायमाझीले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी निस्क्रिय बनाई गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलगायत नेताहरुलाई सघाउने घोषणा गरेकी हुन्।

रायमाझीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै पार्टीभित्र तथा बाहिर विभिन्न सामाजिक संघ तथा संस्था र संगठनहरुमा योगदान पुर्याएकी छिन्।

उनले टिकट बाँडफाँटमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (१) मा प्रदेश सभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि अहिले आएर आफ्नो उम्मेदवारी निश्क्रिय भएको स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस