आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बढी मुल्यमा मल खाद्य बिक्री गर्ने बाराको श्री राम स्टोर्स किटनाशक पसल सिल

प्रिती कुमारी, जीतपुर २०७९ पौष २३, शनिबार (१ साल अघि) ३२२ पाठक संख्या

सिमरा: बारमा अनधिकृत रुपमा रासायनिक मल र खाद्य बेचबिखन गर्ने पसल ‘सिल’ गरिएको छ।

 

नेपाल सरकारबाट अनुदानमा प्राप्त भएको किसानहरूलाई सहुलियत दरमा बिक्री गर्नु पर्ने मल तोकेको मूल्यभन्दा बढी मूल्यमा किसानलाई मल खाद्य बिक्री गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार फेटा गाउँपालिका वडा न -१ भलुही बाट कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने उमेश कुमार साहले संचालन गरेको श्री राम स्टोर्स किटनाशक पसल सिल गरिएको हो ।

 

नेपाल सरकारबाट अनुदानमा प्राप्त भएको मल खाद्य किसानहरूलाई सहुलियत दरमा बिक्री गर्नु पर्ने भए बढी पनि मुनाफा लिई बिक्री गरी कालो बजारी गरेको प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त पसलबाट कृषक डिएपी मल-६४ बोरा ,कृषक युरिया मल-२६ बोरा ,कृषक पोटास मल -२७ बोरा ,भारतिय युरिया मल-४ बोरा ,भारतिय सलफेट मल-२ बोरा रीतपुर्वक बरामद गरी जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि समेतको रोहरवरमा पसल सिल गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस