आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान दिवसको अवसरमा सिमरामा दिप प्रज्वलन

एपी खबर २०८० आश्विन ३, बुधबार (८ महिना अघि) १०७ पाठक संख्या

बारा : संघीय गणतन्त्र नेपालको संविधान जारी भइ ९ औं बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ ।स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइएको छ । त्यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा दिप प्रज्वलन गरेर संविधान दिवस मनाईएको छ ।सिमरा चौकमा नेकपा एमाले निकट अनेरास्वियुका कार्यकर्ताहरुले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन ।बारा जिल्लाको प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाको नेतृत्वमा बाराको कलैया उपमहानगरपालिका,कोल्हवी नगरपालिका,बारागढ़ी गाउँपालिका, महागढ़िमाई नगरपालिकामा प्रभात फेरि गरेर सविधान दिवस २०८० मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस