आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस

एपी खबर २०८० माघ १४, आईतबार (३ महिना अघि) १४१ पाठक संख्या

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार आज दिउँसोको तापक्रम १६.५ डिग्री पुग्नेछ ।

 

महाशाखाले तत्कालै वर्षाको सम्भावना नरहेकाले अझै चिसो बढ्ने जनाएको छ । दिनदिनै तापक्रम घट्दै गएका कारण दिउँसो घाम लागे पनि बिहान र बेलुका निकै चिसो बढेको छ । आज जुम्लाको न्युनतम तापक्रम माइनस ४.९ र अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस