आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट नक्कली नोट दिएर सामान किन्ने पक्राउ

एपी खबर २०८० फागुन १०, बिहिबार (२ महिना अघि) ३१३ पाठक संख्या

बारा : नक्कली नोट बोक्नेलाई बारा प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटले सामान किन्ने क्रममा बारामा एकजना पक्राउ परेका छन् । निजगढ स्थित हाट बजारमा १ हजारको नक्कली नोट दिएर समान खरिद गरिरहेको बेला ईलाका प्रहरी कार्यालय निजगढ बाट खटेको प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बारागढी गाउँपालिका-२ दौर्वा टोल बस्ने दिपेन्द्र माझि रहेको छ ।माझीले नक्कली नोट लिएर समान खरिद गरिरहेको सुचना पाए पछि प्रहरीले बजार पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।माझीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धान चलाउन अदालत बाट ५ दिनको म्याद थप्प गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त कानुनी व्यवस्थाअनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस