आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले पूर्णता पायो

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ६४४ पाठक संख्या

वीरगन्ज , माघ १५ :  वीरगन्ज उद्योग वाणिज्य संघमा गोपाल केडियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।गत पुष २७ गते सम्पन्न ४३ औं सधारणसभाबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमबार औपचारिक रुपमा सपथ ग्रहण गरेसँगै नयाँ नेतृत्वले वैधानिकता पाएको हो ।

वीरगन्जको एक होटलमा सोमबार आयोजित कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडियासँगै पदाधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचित अधिकृत बालमुकुन्द खरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

संघको अध्यक्षमा केडियासँगै बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, उद्योग सचिव अरबिन्द अमात्य, बाािण्ज्य सचिव प्रेमचन्द्र गोयल, कोषाध्यक्ष रबिन्द्रकुमार बर्णवाल, सहकोषाध्यक्ष गोबिन्द प्रसाद साहले पनि सपथ लिएका हुन् ।सपथपछि कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केडियाले पर्सा, बारा औद्योगिक कोरिडोरमा विद्यमान समस्या र चुनौती न्युनिकरणका लागि आफ्नो प्रयास रहने प्रतिवद्धता जाहेर गरे ।

 

प्रतिक्रिया दिनुहोस