आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ सहित २ जना पक्राउ

एपी खबर २०८० चैत्र २०, मंगलबार (१ महिना अघि) १५५ पाठक संख्या

बारा ।बारा बाट सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअरवाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ पक्राउ गरेको हो।

 

मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस