आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फर्जी उपभोक्ता निर्वानच कमिटी गठन गरेकोमा स्थानिय कृषक आक्रोशीत

AuthorAP Khabar२०७५ माघ २६, शनिबार (५ साल अघि) ४२३ पाठक संख्या

एपी संवादाता
कलैया, माघ २६ : नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सा अन्तर्गत पर्ने बलंक नं ७ का केही ब्यक्तिहरुले आपसी मिलोमतोमा फर्जी उपभोक्ता निर्वाचन कमिटी गरेकोमा स्थानिय कृषकहरु आक्रोशित भएका छन् ।

बिश्रामपुर गाउँपालिका वडा नं. ४ टोल ईटियाहीमा बस्ने रामानन्द साह कानुले ब्लक नं. ७ को कृषक तथा नारायणी सिंचाई व्यवस्थापन कार्यालयलाई कुनै किसिमको लिखित, मौखित जानकारी नगराईकन आफु संयोजक हुनलाई मनपरी तरिकाले पाँच सदसीय फर्जी निर्वाचन उपभोक्ता कमिटी गठन गरेक थिए । त्यस बिरोद्धमा ब्लक नंं.सात अन्तर्गत परवानीपुर गाउँपालिका वार्ड नं ५ बहुअरीका स्थानीयकृषकहरु आक्रोसित भएका हुन् ।

यस गलत कार्यका लागि नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सामा लिखित रुपमा माघ २३ गते उजुरी गरेका थिए । सो ५ सद्सीय फर्जी निर्वाचन कमिटीमा ३ जना कृषक नै नभएको स्थानीहरुले आरोप लगाएका छन् ।

सोही गाउँपालिका वडा अध्यक्ष रामेश्वर प्रसाद गुप्ता, वडा सदस्य महेश साह, परवानीपुर गाउँपालिकाका मनोनीत सदस्य संजु साह, कृषक राजकिशोर गुप्ता, प्रमोद सिंह लगायत ११ जनाले उजुरी दिएका थिए ।

सो उजुरीको सम्बन्धमा नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्साका कार्यालय प्रमुख राजेन्द्र प्रसाद साहसंग बुभ्दा निजलाई कुनै किसिमको लिखित या मौखिक जानकारी नभएको,र कार्यालको चं नं. २०७५।०७६।१५७ को ब्लंक नं. ७ मा गठन भएको फर्जी निर्वाचन उपभोक्ता कमिटीलाई जानकारीको लागी पत्र समेत काटी सकेको तथा विधान बिपरित गठन गरेको कमिटीलाई कुनै पनि हालतमा मान्यता नदिने जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस