आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालकै सबै भन्दा सस्तो पसल जहाँ १० रुपैयामै पाइन्छ कपडा, किन्ने ग्राहकको भीड

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) ६०७ पाठक संख्या

बैशाख २१
गोंगबु बसपार्क देखि बानियाँटार रोड हुँदै २.३ किमि दक्षिण लागेपछि पुगिन्छ सुखावती स्टोर । हेर्दा सामान्य पसलजस्तै लाग्ने यहाँ जुत्ताचप्पल, कपडा, किताब, भाँडा, कम्प्युटर आदि उपयोगमा आउने सबै सामाग्री राखिएको छ । अन्य पसलभन्दा यो यसकारण पनि भिन्न छ कि यहाँ भएका सामाग्रीको मूल्य १० रुपैयाँबाट शुरु हुन्छ । सामानको गुणस्तर र अवस्था अनुसार त्यसभन्दामाथि मूल्य तोकिएको छ ।

बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । । प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले ।

हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् । ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् । घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् ।

त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ ।

प्रतीक्षा र उनको परिवार यसको ज्वलन्त उदाहरण हुन् । नयाँ लुगाको लागि दशैँ पर्खिने परिवारहरुको खुसी फर्काइदिएकोमा दङ्ग छन् चिजमान गुरुङ ।

प्रतिक्रिया दिनुहोस