आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँको दरले भाउ घट्याे

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (४ साल अघि) ३३७ पाठक संख्या

जेठ ४ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू भएको छ । । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ – १ रुपैयाँ मूल्य घटाइएकाे छ । काठमाण्डौको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस