आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उखुभन्दा दोब्बर आम्दानी हुन थालेपछि परवलतर्फ किसानको आकर्षण

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (४ साल अघि) ४०४ पाठक संख्या

सर्लाही, जेठ ४ गते ।

सर्लाहीको उत्तरी क्षेत्रका किसान उखु छाडेर परवल खेतीमा आकषिर्त हुन थालेका छन् । उखुभन्दा दोब्बर आम्दानी हुन थालेपछि परवलतर्फ किसानको आकर्षण बढेको हो ।
गाउँ नजिकै चिनी उद्योग भए पनि उनीहरू उखु खेती गर्दैनन् । उत्तरी क्षेत्रका किसानले उखु खर्चिलो र झन्झटिलो भएकाले परवल खेतीमा आकर्षण बढेको बताएका छन् ।

किसानका अनुसार वैशाखदेखि कात्तिकसम्म प्रत्येक साता परवल बेचेर बिघाको २५ हजार नगद आम्दानी हुने गरेको छ । ’उखु खेती झन्झटिलो र खर्चिलो छ, उखु बेचेको पैसा पनि किसानले समयमा पाउँदैनन्, तर परवलमा यो समस्या छैन,’ हरिवन नगरपालिका(११ का शुभ भण्डारीले भने, ’उखुको मूल्य तय गर्नका लागि संघर्ष गर्नुपर्ने, भुक्तानीका लागि वर्षौं कुर्नुपर्नेभन्दा परवल खेतीमा हप्तै पिच्छे नगद पाइरहेका छौं ।’

कम मिहिनेत र सजिलै उब्जाउन सकिने परवलको बजारको सुनिश्चितता रहेको किसानको भनाइ छ । किसानले उब्जाएको परवल व्यपारीले खरिद गर्न खेतमै पुग्न थालेपछि यहाँका किसान यस खेतीमा केन्द्रित भएका हुन । अन्य खेतीमा खर्च र मजदुर बढी लाग्ने तर परवल खेतीमा घरका महिलाले पनि गर्न सक्ने भएकाले यो खेती सजिलो भएको स्थानीय इमा भण्डारीले बताईन् ।

राजमार्ग आसपासका बलौटे दोमट माटोमा अन्य बालीभन्दा परवल सप्रिन थालेपछि एक दशकयता परवल खेती गर्नेको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लाको हरिवन, लालबन्दी, बरहथवा, बागमती लगायतका ठाउँमा अन्य खेती छोडेर किसानहरू परवल खेतीमा केन्द्रित हुन थालेका छन् । यस अतिरिक्त जिल्लाको लखनदेहि, चापिनि खोला र वागमती नदीको उत्तरदेखि दक्षिण क्षेत्रसम्मको बगरमा परवल खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस