आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको सेयर बजार ५० अंकले घट्यो, हेरौ कुन समुहको अवस्था कस्तो ?

एपी खबर २०७८ भाद्र १७, बिहिबार (२ साल अघि) ३२५ पाठक संख्या

काठमाण्डौ । बिहीबार आज सेयर बजार ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ ।

२०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो । त्यसयता बजार घटिरहेको छ। भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ । अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन। यस दिन ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन् ।

बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन् । आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ । चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत बढीले घट्यो ।

 

 

कारोबारका आधारमा अरुणभ्याली हा इड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भयो भने अपि पावरको ३२ करोड ९९ लाख रुपैयाँको कारोबार भयो । ङादी ग्रुप पावर, युनाइटेड मोदी, हिमालयन डिस्टिलरी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

 

प्रतिक्रिया दिनुहोस