आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अङ्कले बढयो

एपी खबर २०८० भाद्र ५, मंगलबार (८ महिना अघि) ८६ पाठक संख्या

काठमाण्डाै – लगातार दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ ।

 

आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा इङ्वाखोला हाइड्रो र मायाखोला हाइड्रोपावर कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस