आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

एपी खबर २०८० भाद्र १३, बुधबार (८ महिना अघि) १०४ पाठक संख्या

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ । बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो । उक्त दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस