आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो ,आज कतिमा हुँदैछ कारोबार

एपी खबर २०८० भाद्र १७, आईतबार (८ महिना अघि) ११५ पाठक संख्या

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ ।महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको मूल्य १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ थियो । जुन, आज आइतबार १४ सय ६० रुपैयाँमा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस