आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मंगलबार नेप्से सूचक १९.४२ अंकले घटेर १९६७.५७ अंकमा पुग्यो

एपी खबर २०८० भाद्र २६, मंगलबार (८ महिना अघि) ७४ पाठक संख्या

काठमाडौँ- दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ अंकले घटेर १९६७.५७ अंकमा पुगेको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

 

यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से सूचकमा आकर्षक ढंगको वृद्धि भएको थियो । तर यसरी बढेको बजारले मंगलबार भने निरन्तरता पाउन सकेन ।

यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस