आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

एपी खबर २०८० भाद्र २८, बिहिबार (८ महिना अघि) १०९ पाठक संख्या

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र छेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस