आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँ छ कारोबार

एपी खबर २०८० आश्विन ४, बिहिबार (७ महिना अघि) १०२ पाठक संख्या

काठमाडौं- सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

 

 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस