आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

एपी खबर २०८० पौष ८, आईतबार (४ महिना अघि) १२८ पाठक संख्या

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको छ ।महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस