आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढ्यो

एपी खबर २०८० पौष १८, बुधबार (४ महिना अघि) १११ पाठक संख्या

काठमाण्डाै – लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ ।

 

आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सात वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस