आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर बजार आज दोहोरो अङ्कले घट्यो

एपी खबर २०८० माघ ३, बुधबार (३ महिना अघि) ६७ पाठक संख्या

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो । आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

 

आज इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । याे काराेबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हाे । यसअघि विसं २०७८ भदाै २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको काराेबार भएकाे थियाे । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस