आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रूपन्देहीको महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

एपी खबर २०८० मंसिर १६, शनिबार (५ महिना अघि) १२७ पाठक संख्या

रूपन्देहीको – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सूर्यपूरा–३ सिद्धार्थ बोर्डिंग स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

 

ज्यान गुमाउनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुक्सना खातुन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा घाइते १७ वर्षीया अप्सना खातुनको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने बस जलाएका छन् । उनीहरुले प्रदर्शन पनि गरिरहेका छन् । घटनापछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस