आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट पाए विश्वासको मत

एपी खबर २०८० चैत्र ३०, शुक्रबार (३ हप्ता अघि) ८७ पाठक संख्या

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो। सभामुख तुलाराम घर्तिले महराले विश्वासको मत पाएको घोषणा गरे। मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस